काठमाडौँ । स्थानीय तहको निर्वाचनमा छ हजार ५९४ जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यको कोटामा दलित महिल निर्वाचित भएका हुन ।
निर्वाचन आयोगका अनुसार, निर्वाचित हुनेहरुमा सबैभन्दा धेरै नेपाली काँग्रेसबाट निर्वाचित भएका छन । कुल वडामध्ये नेपाली काँग्रेसबाट दुईहजार ५४१ जना दलित महिला निर्वाचित भएका छन । नेकपा एमालेबाट दुई हजार २८२ जना निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रबाट ९७३ जना दलित महिला निर्वाचित भएका छन ।
त्यस्तै, जनता समाजवादी पार्टी, नेपालबाट २९३ जना दलित महिला निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट १८० जना निर्वाचित भए । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट ११३ जना निर्वार्चित भए भने राष्टिय प्रजातन्त्र पार्टीबाट ५४ जना निर्वाचित भए ।
नगरिक उन्मुक्ति पार्टीबाट १८, जनमत पार्टीबाट १८ र नेपाल मजदुर किसान पार्टीबाट ११ जना दलित महिला निर्वाचित भएका छन । जनता प्रगतिशील पार्टीबाट ५ जना दलित महिला वडासदस्यमा निर्वाचित भएका छन । दलित महिला सदस्य कोटामा ५५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा सहभागी अन्य ११ वटा दलहरुबाट १५ जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन ।
स्थानीय तहको नेतृत्वमा दलित समुदायको प्रतितिधित्व १.४ प्रतिशत मात्र भएको छ । ७५३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा दलित समुदायले नेतृत्व गरेका छन । खुला प्रतिस्पर्धामा दलितलाई उम्मेदवारी नै नदिइएको कारण प्रतिनिधित्व अत्यन्त न्यून भएको हो ।
निर्वाचन आयोगका अनुसार दलित समुदायबाट तीन जना नगरप्रमुखमा विजयी भएका छन । नेकपा एमालेबाट वाग्लुङको ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली विजयी हुनु भएको छ । धनुषाको विदेह नगरपालिका प्रमुखमा एमालेका बेचेन दास तत्मा र रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रबाट पुष्प बादी निर्वाचित भएको छन् ।
दलित समुदायबाट २५ जना उपमेयर तथा उपाध्यक्ष निर्वाचित भए । करिब आठवटा गाउँपालिका अध्यक्षमा विभिन्न पार्टीबाट दलित समुदाय निर्वाचित भएका छन् । माओवादीबाट धनबहादुर बिक बागलुङ ताराखोला गाउँपालिका अध्यक्ष निर्वाचित भए ।
डडेल्धुराको अनिताल गाउँपालिकामा माओवादीका शेरसिङ पार्की निर्वाचित भए । प्यूठानको सरुमारानी गाउँपालिकामा एमालेका झगबहादुर बिश्वकर्मा, उदयपुरको ताप्ली गाउँपालिमा माओवादीका ढुङ्गराज बिश्वकर्मा, जुम्लाको तिला गाउँपालिकामा एमालेका भद्रवीर सार्की, निर्वाचत भए । त्यस्तै, बाके खजुरा गाउँपालिकामा माओवादीका डम्बर बिक, सुर्खेत चौकुने गाउँपालिकामा खड्क विक निर्वाचित भए । करिब ८२ जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।
देशभरका २९३ नगरपालिकामध्ये जम्मा तीन नगरपालिकाको प्रमुखमा मात्रै दलित निर्वाचित भए । यो २०७४ को निर्वाचनको भन्दा ठिक आधा हो । २०७४ मा विभिन्न पार्टीका दलित उम्मेदवारमध्येबाट ६ जना नगर प्रमुखमा विजयी भएका थिए ।
माओवादी केन्द्रबाट उपमेयरमा २ जना रहेका छन् । शुक्लागण्डकी नगरपालिका उपप्रमुखमा खुमबहादुर वि.क र निलकण्ठ नगरपालिकाबाट उपप्रमुखमा दिपक विश्वकर्मा रहेको छन् । नेपाली कांग्रेसबाट ५ जना उपप्रमुख भएका छन् । मैना बिक गुर्भाकोट नगरपालिका, सुस्मिता सापकोटा सुनार शारदा नगरपालिका, उमा गोतामे भानु नगरपालिका, कल्पना नेपाली आरूघाट गाउँपालिका, भरत गोपाली थाहा नगरपालिकमा निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट उपप्रमुख र उपाध्यक्षमा ५ जना निर्वाचित भएका छन् । राजकला सार्की हिमाली गाउँपालिका, धनसुवा बि.क. महाशिला गाउँपालिका, मिरादेवी दास केवरत सुनवर्षी नगरपालिका, कल्पना हरिजन लुम्बिनी सांस्कृतिक नगरपालिका, वासमति चमार सरावल गाउँपालिकामा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी, नेपालबाट १ जना दिपो देवी पासवान महोत्तरी गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी छन् । देशभरका ६ हजार ७४३ वडामध्ये २०७४ मा १९६ दलित वडाध्यक्ष निर्वाचित भएका थिए भने अहिले २०७९ मा उक्त संख्या घटेर १५० जना दलित वडाध्यक्ष निर्वाचित भएका छन् ।
संविधानले प्रत्येक वडामा दुई महिलामध्ये एकजना दलित महिला हुनुपर्ने प्रावधानले छ हजार ५९४ जना दलित महिला वडामा निर्वाचित भएका हुन ।
संविधानले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य शासन सञ्चालनका हरेक तहमा सहभागिता हुन पाउने अधिकार सुनिश्चित गरेको छ। नेपालको संविधान २०७२ को प्रस्तावना, धारा ४, ३८ (४), ४०(१) र धारा ४२ लगायत राज्यको निर्देशक र सिद्धान्तसमेतमा समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्ने भनिएको छ । तर, संविधानको यो मूल भावना अनुसार दलित सहभागिता नभएको दलित अधिकारकर्मीहरुले नै बताउने गरेका छन् ।
छ हजार ५९४ दलित महिला वडामा निर्वाचित

प्रतिक्रिया दिनुहोस्