काठमाडौँ । मधेश प्रदेशका बारा, पर्सा र सिरहाका बालिका तथा युवतीलाई आप्mनो सुरक्षा आफै गर्नका लागि सक्षम बनाउन आत्मसुरक्षा तालिम तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । दलित महिला केन्द्र, नेपालले महिला तथा बालवालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि स्वयंम बालिका नै तालिम र अभिमुखीकरण गरेको हो ।
कुनै पनि वेला आफू सुरक्षित रहन सकुन भन्ने उद्देश्यले तालिम र अभिमुखीकरण गरिदै आएको दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्रकुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार महिला हिंसा भएमा, शारिरीक, सामाजिक, लैगिंक शोषण तथा भेदभाव भएमा कसरी प्रतिकार गर्ने ? कसरी सुरिक्षित रहने ? भन्ने बिषयमा प्रशिक्षण गरिएको छ । मूख्य गरी बालिका तथा युवतीको भौतिक सुरक्षाका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
यु.एन ट्रस्ट फण्डको सहयोगमा महिला तथा बालिकामाथि हुने हिंसा विरुद्धको लडाई परियोजना अन्तर्गत उक्त तालिम र अभिमुखीकरण सञ्चालन गरिदै आएको छ । सिरहाको गोलबजारमा सम्पन्न उक्त तालिममा १५ जना युवतीको सहभागिता थियो । अभिमुखीकरणमा १६ देखि २४ वर्षसम्मका युवतीको सहभािगता थियो । केन्द्रले सन् २०२१ देखि आत्मसुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मधेशका बालिका र युवतीलाई आत्मसुरक्षा तालिम

प्रतिक्रिया दिनुहोस्