दलित महिला केन्द्र, नेपालद्वारा राहत वितरण

CDWN
CDWN ६ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ । दलित महिला केन्द्र, नेपालले काभ्रेको महाभारत गाउँपालिकाका ४० परिवारलाई राहत वितरण गरेको छ । सर्पोट नेपालको साझेदारी तथा यू.एन वमनको आर्थिक सहयोगमा सञ्चालित आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत राहत वितरण गरिएको हो ।
महाभारत गाउँपालिका वडा न. ४, ५ र ६ का कोरोना प्रभावित अतिविपन्न सीमान्तकृत गरिब, दलित, एकल महिला तथा जनजाति परिवारलाई वडा र गाउँपालिकाको सिफारिसमा केन्द्रले राहत वितरण गरेको हो ।
दलित महिला केन्द्र नेपालले कोरोनाले निम्त्याएको अभावलाई तत्कालीन रुपमा परिपूर्ति गर्नका लागि अतिविपन्न परिवारलाई मासिक रुपमा राहत वितरण गर्दै आएको छ । कोरोना महामारीपछि समुदायमा पर्न गएको आर्थिक अभावलाई सम्बोधन गर्दै, अतिविपन्न गरिब तथा समाजमा उपेक्षित वर्ग समुदायको दैनिकीमा परिवर्तन ल्याउनका निम्ति राहत वितरण गरिएको केन्द्रकी महासचिव गौरा नेपालीले बताउनुभयो ।
अपाङ्गता, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकता दिएर वितरण गरिएको महासचिव नेपालीको भनाई छ । महाभारत ४, ५ र ६ वडाका ४० परिवारलाई मासिक ३० किलो चामल, एकथान एलपी ग्यास सिलिण्डर, ग्यास चुल्हो, ३ किलो दाल, एक किलो आयो नुन, २ किलो चिनी, एक किलो चना, ३ प्रति लुगाधुने र ३ प्रति नुहाउने साबुन, दुई केजी लुगा धुने सरफ, दुई पोका स्यानेटेरी प्याड, ६ पत्ता सिटामोल, दुई बोतल डिटोल, २ रोल कटन र ३ प्याकेट जीवन जल वितरण गरिएको छ ।
केन्द्रले आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत महाभारत र काभ्रेको बनेपा नगरपालिकाको वडा नम्बर ४, १० र १३ का ४० परिवारलाई राहत वितरण गर्दै आएको छ । चालु वर्षमा तीन महिना राहत वितरण गरिदै छ भने आगामी वर्ष थप अर्को समुहलाई सोही प्याकेजमा राहत वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्