सीमान्तकृत विपन्न परिवारलाई राहत वितरण

CDWN
CDWN ८ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ । दलित महिला केन्द्र नेपालले काभ्रेको बनेपा नगरपालिकाका ३९ परिवारलाई राहत वितरण गरेको छ । सर्पोट नेपालको साझेदारी तथा यू.एन वमनको आर्थिक सहयोगमा सञ्चालित आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत राहत वितरण गरिएको हो ।
वडा न. ४, १० र १३ का कोरोना प्रभावित अतिविपन्न सीमान्तकृत गरिब, दलित, एकल महिला तथा जनजाति परिवारलाई वडा र गाउँपालिकाको सिफारिसमा केन्द्रले राहत वितरण गरेको हो ।
दलित महिला केन्द्र नेपालले कोरोनाले निम्त्याएको अभावलाई तत्कालीन रुपमा परिपूर्ति गर्नका लागि अतिविपन्न परिवारलाई मासिक रुपमा राहत वितरण गर्दै आएको छ । कोरोना महामारीपछि समुदायमा पर्न गएको आर्थिक अभावलाई सम्बोधन गर्दै, अतिविपन्न गरिब तथा समाजमा उपेक्षित वर्ग समुदायको दैनिकीमा परिवर्तन ल्याउनका निम्ति राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रकमा वाड नम्बर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, १० का कार्यवाहक अध्यक्ष सुशील थापा र १३ का वडाअध्यक्ष रामलाल दुलालको आतिथ्यतामा राहत वितरण सम्पन्न भएको छ । दलित महिला केन्द्रका अनुसार अपाङ्गता, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकता दिएर वितरण गरिएको हो ।
बनेपा नगरपालिका ४, १० र १३ वडाका ३९ परिवारलाई मासिक ३० किलो चामल, एकथान एलपी ग्यास सिलिण्डर, ग्यास चुल्हो, ३ किलो दाल, एक किलो आयो नुन, २ किलो चिनी, एक किलो चना, ३ प्रति लुगाधुने र ३ प्रति नुहाउने साबुन, एक केजी लुगा धुने सरफ, दुई पोका स्यानेटेरी प्याड, ३ पत्ता सिटामोल, एक बोतल डिटोल, १ रोल कटन र ६ प्याकेट जीवन जल वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्