सर्लाही । दलित महिला केन्द्र नेपालले सर्लाहीमा राहत वितरण गरेको छ । मलगंवा नगरपालिका, वरथहवा नगरपालिका, हरिपुर्वा नगपालिका र ब्रम्हपुरी गाउँपालिकाका १०८ परिवारलाई राहत वितरण गरेको हो । चार स्थानीय तहका दुईदुई गरी आँठ वडाका कोरोना प्रभावित अतिविपन्न सीमान्तकृत गरिब, दलित, एकल महिला तथा जनजाति, मधेशी परिवारलाई राहत वितरण सम्पन्न भएको छ ।
दलितम महिला केन्द्र नेपालले सर्पोट नेपालको साझेदारी तथा यू.एन वमनको आर्थिक सहयोगमा सञ्चालित आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत राहत वितरण गरेको हो । मंलगवाको वडा नम्बर १ र ६, बरथहवाको ८ र १५, हरिपुर्वाको ३ र ८ तथा ब्रम्हपुरी गाउँपालिकाको ५ र ७ मा राहत वितरण भएको छ । वडा अध्यक्षसहित् जनप्रतिनिधिहरुको आतिथ्यतामा वितरण गरिएको केन्द्रले जनाएको छ ।
कोरोना प्रभावित अतिविपन्न सीमान्तकृत गरिब, दलित, एकल महिला तथा जनजाति परिवारलाई वडा र गाउँपालिकाको सिफारिसमा केन्द्रले राहत वितरण गरेको हो । दलित महिला केन्द्र नेपालले कोरोनाले निम्त्याएको अभावलाई तत्कालीन रुपमा परिपूर्ति गर्नका लागि अतिविपन्न परिवारलाई मासिक रुपमा राहत वितरण गर्दै आएको छ । कोरोना महामारीपछि समुदायमा पर्न गएको आर्थिक अभावलाई सम्बोधन गर्दै, अतिविपन्न गरिब तथा समाजमा उपेक्षित वर्ग समुदायको दैनिकीमा परिवर्तन ल्याउनका निम्ति राहत वितरण गरिएको हो ।
१०८ परिवारलाई मासिक ३० किलो चामल, एकथान एलपी ग्यास सिलिण्डर, ग्यास चुल्हो, ३ किलो दाल, एक किलो आयो नुन, २ किलो चिनी, एक किलो चना, ३ प्रति लुगाधुने र ३ प्रति नुहाउने साबुन, दुई केजी लुगा धुने सरफ, दुई पोका स्यानेटेरी प्याड, ६ पत्ता सिटामोल, दुई बोतल डिटोल, २ रोल कटन र ३ प्याकेट जीवन जल वितरण भएको छ ।
प्रतिक्रिया दिनुहोस्