प्रत्येक्षमा समानुपातिक प्रतिनिधित्वको माग

CDWN
CDWN २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ । मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा महिलाको समानुपातिक उम्मेदवारीको माग गरिएको छ । दलित महिला केन्द्र नेपाल र माण्डवीद्धारा आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदजारी सम्बन्धमा राजनीतिक दलसँगको अन्तक्र्रियामा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारीको माग गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उम्मेदवारीका सवालमा पार्टीभित्र पहल भइरहेको जानकारी दिनुभयो । प्रत्यक्षमा पुरुषमात्र जादा समानुपातिकमा महिलामात्र जाने अवस्थाको सृजना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य अमृता थापाले प्रत्यक्षमै समानुपातिक उम्मेदवारीको व्यवस्थामा जोड दिनुभयो । नेकपा माओवादीले यस पटक पनि महिला, दलित, जनजजाति, मधेशी र अल्पसंख्यकलाई प्राथमिकतामा राखेर उम्मेदवारी चयन गर्ने उहाँको भनाई छ । प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रत्यक्षपतर्mबाट महिला महिलाको प्रतिस्पर्धा गराएर ल्याउने सीत आरक्षणको व्यवस्थामा सहभागीहरुले जोड दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य अमृता थापा मगरले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का सचिव गोमा विष्टले निर्वाचनमा महिलालाई ३३ प्रतिशत छुट्टै निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहले आरक्षणका नाममा एउटै व्यक्तिले पटकपटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाउनुभयो ।
नेकपा (एमाले) का सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिकका निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभाका सदस्य दुलारी हरिजनले महिला र दलित समुदायको सवालमा ऐन कानून र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्