कालिकोट । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग समावेशी योजना बिषयक एक दिने गोष्ठी सान्नी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । यूरोपिएन यूनियन, सहकर्मी समाज, दलित विकास समाज, दलित महिला केन्द्र नेपाललगायतको सहयोग र सहकार्यमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी (महेश), वार्ड नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु, दलित महिला वडा सदस्य दलित महिला केन्द्र नेपालकी महासचिव गौरा नेपालीलगायतको उपस्थिति थियो । जनप्रतिनिधिसँग समावेशी योजना निर्णण र कार्यान्वयनका बारेमा छलफल भएको छ ।
समावेशी योजना निर्माणका लागि गोष्ठी

प्रतिक्रिया दिनुहोस्