काठमाडौँ । दलित महिला केन्द्र नेपालले काभ्रेको महाभारत गाउँपालिकाका ८० परिवारलाई तेस्रो चरणको राहत वितरण गरेको छ । सर्पोट नेपालको साझेदारी तथा यू.एन वमनको आर्थिक सहयोगमा सञ्चालित आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत राहत वितरण गरेको हो । महाभारत गाउँपालिका वडा नम्बर ४, ५ र ६ का कोरोना प्रभावित अतिविपन्न सीमान्तकृत गरिब, दलित, एकल महिला तथा जनजाति परिवारलाई वडा र गाउँपालिकाको सिफारिसमा केन्द्रले राहत वितरण गरेको छ ।
दलित महिला केन्द्र नेपालले कोरोनाले निम्त्याएको अभावलाई तत्कालीन रुपमा परिपूर्ति गर्नका लागि अतिविपन्न परिवारलाई मासिक रुपमा राहत वितरण गर्दै आएको छ । कोरोना महामारीपछि समुदायमा पर्न गएको आर्थिक अभावलाई सम्बोधन गर्दै, अतिविपन्न गरिब तथा समाजमा उपेक्षित वर्ग समुदायको दैनिकीमा परिवर्तन ल्याउनका निम्ति राहत वितरण गरिएको केन्द्रकी महासचिव गौरा नेपालीले बताउनुभयो ।
अपाङ्गता, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकता दिएर वितरण गरिएको छ । महाभारत ४, ५ र ६ वडाका ४० परिवारलाई मासिक ३० किलो चामल, तीन किलो दाल, खानेतेल दुई लिटर, एक किलो आयो नुन, २ किलो चिनी, एक किलो चना, तीनप्रति लुगाधुने र ३ प्रति नुहाउने साबुन, दुई केजी लुगा धुने सरफ, एक पोका स्यानेटेरी प्याड, सिटामोल, एक बोतल डिटोल, एक रोल कटन, छ प्याकेट जीवनजल र मोबाइल एक सेट वितरण गरिएको छ ।
केन्द्रले आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत महाभारत र काभ्रेको बनेपा नगरपालिकाको वडा नम्बर ४, १० र १३ का ४० परिवारलाई राहत वितरण गर्दै आएको छ । उक्त वडाहरुमा पनि मासिक ३० किलो चामल, तीन किलो दाल, खानेतेल दुई लिटर, एक किलो आयो नुन, २ किलो चिनी, एक किलो चना, तीनप्रति लुगाधुने र ३ प्रति नुहाउने साबुन, दुई केजी लुगा धुने सरफ, एक पोका स्यानेटेरी प्याड, सिटामोल, एक बोतल डिटोल, एक रोल कटन, छ प्याकेट जीवनजल र मोबाइल एक सेट वितरण गरिएको छ । चालु वर्षमा तीन महिना राहत वितरण गरिको छ भने आगामी वर्ष थप अर्को समुहलाई सोही प्याकेजमा राहत वितरण गरिने भएको छ ।
काभ्रेका ८० परिवारलाई तेस्रो पटक राहत वितरण

प्रतिक्रिया दिनुहोस्