धरान । धरान उपमहानगरपालिकाका पुर्व जनप्रतिनिधि महिलाहरुलाई पैरवी प्रशिक्षण गरिएको छ । समुदायस्तरमा उनीहरुलाई निरन्तर क्रियाशील गराउनको लागि पैरवी सम्वन्धी चार दिने प्रशिक्षण गरिएको हो । सी लीड्सको सहयोगमा दलित महिला केन्द्र नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष कार्यकाल सकेका पुर्व जनप्रतिनिधि महिलाहरुलाई समुदाय स्तरमा निरन्तर सक्रियता बढाउनको लागि पैरवी प्रशिक्षण गरेको हो । प्रशिक्षण कार्यक्रममा २४ जना पुर्व जनप्रतिनिधी महिलाहरु सहभागिता थियो ।
सी लीड्सका सुनसरी कार्यक्रम संयोजक रामसुन्दर मेहताले २०७९ सालको चुनावमा उम्मेद्धवार भएर पनि पराजित हुनु परेको र चुनावमा उम्मेद्धवार हुनुबाटै बन्चित भएका पुर्व जनप्रतिनिधी महिलाहरुको आत्मबल बढाएर समुदायस्तरमै क्रियाशील बनाउनको लागि प्रशिक्षण कार्यक्रम भएको हो । उनका अनुसार प्रशिक्षण पश्चात् ३ वटा पैरवीमा सहभागिहरुले आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनु पर्ने छ । प्रशिक्षण विनोद विश्वकर्मा र यमुना गुरागाईले गर्दैछन् । यस अघि संस्थाले सुनसरीको भोक्राहामा पनि प्रशिक्षण दिएको छ । सी लीड्स नेपालका सुनसरी, मोरङ र झापाको अनुगमन मुल्याँकन संयोजक तेजीलाल लामाको अनुसार कार्यक्रमबाट पुर्व जनप्रतिनिधीहरुको क्षमता विकास अभिवृद्धि भई पद विहीन भएर पनि समाजमा प्रभावकारी भुमिका निर्वाह गर्न सक्ने भएकाले निरन्तर रुपमा संस्थाले कार्यक्रमबाट सहयोग गर्दै जाने बताए ।
दलित महिला केन्द्र नेपालले प्रदेश १ को सुनसरी, मोरङ र झापा, ओखलढ्ङगा र खोटाङका २६ पालिकाका ३६६ जनालाई प्रशिक्षण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्