महिलाको राजनीतिक प्रतिनिधित्वको लागि पत्रकारलाई प्रशिक्षण

CDWN
CDWN २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

विराटनगर । महिलाको राजनीतिक प्रतिनिधित्वको लागि सञ्चारकर्मीको भूमिका सम्वन्धि प्रदेशस्तरीय अन्तरक्रिया विराटनगरमा सम्पन्न भएको छ । मिडियामा महिलाका मुद्दाहरुलाई प्राथमिकताका साथ प्रकाशन प्रसारणका निम्ति सो बिषयमा सञ्चारकर्मीहरुलाई प्रशिक्षण गरिएको हो । प्रशिक्षणमा सामाजिक तथा समावेशी रिर्पोटिङका बिषयवस्तु र तरिकारका बारेमा पत्रकारहरुसँग छलफल भएको छ ।
महिलाका बिषय सम्बेधनशील भएकाले अपमानित शब्द र भाषा प्रयोग भइरहेको बिषयमा पनि पत्रकारहरुसँग छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालको आयोजना, स्वीस सरकार, अष्ट्रेलियन एड्को आर्थिक र आर्ईएफईएसको प्राविधिक सहयोगमा ‘सि लिड्स’ कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय अन्र्तक्रिया गरिएको हो । अन्तरक्रियामा प्रदेश १ का मोरङ, झापा, सुनसरी, खोटाङ र ओखलढुङ्गाका २३ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
महिलाको राजनीतिक प्रतिनिधित्वको लागि सञ्चारकर्मीको भूमिका विषयमा नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा दलित महिला केन्द्र नेपालकी उपाध्यक्ष लक्ष्मी परियार, महासचिव गौरा नेपाली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले बोल्नु भएको थियो । ‘सि लिड्स’ कार्यक्रमले जनप्रतिनिधि महिला तथा राजनीतिक रुपमा सक्रिय महिलाको क्षमता विकासका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्