विपन्न परिवारलाई राहत वितरण

CDWN
CDWN १८ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । दलित महिला केन्द्र नेपालले सर्लाहीको हरिपुर्वा, ब्रम्हपुरी र बरहथवा पालिकाकाका ८० परिवारलाई दुई महिनाको राहत वितरण गरेको छ । सर्पोट नेपालको साझेदारी तथा यू.एन वमनको आर्थिक सहयोगमा सञ्चालित आघातबाट शसक्तिकरण परियोजना अन्तर्गत राहत वितरण गरेको हो ।
बरहथवा नगरपालिकाको वडा नं. ८ र १५, हरिपुर्वा नगरपालिकाको वडा नं. ३ र ८ तथा ब्रम्हपुरी गाउँपालिकाको वडा नं. ५ र ६ का कोरोना प्रभावित अतिविपन्न सीमान्तकृत गरिब, दलित, एकल महिला तथा जनजातिसहित् ८० परिवारलाई वडा र गाउँपालिकाको सिफारिसमा केन्द्रले राहत वितरण गरेको छ ।
दलित महिला केन्द्र नेपालले कोरोनाले निम्त्याएको अभावलाई तत्कालीन रुपमा परिपूर्ति गर्नका लागि अतिविपन्न परिवारलाई मासिक रुपमा राहत वितरण गर्दै आएको छ । कोरोना महामारीपछि समुदायमा पर्न गएको आर्थिक अभावलाई सम्बोधन गर्दै, अतिविपन्न गरिब तथा समाजमा उपेक्षित वर्ग समुदायको दैनिकीमा परिवर्तन ल्याउनका निम्ति राहत वितरण गरिएको केन्द्रकी महासचिव गौरा नेपालीले बताउनुभयो ।
अपाङ्गता, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकता दिएर वितरण गरिएको छ । प्रत्येक परिवारलाई मासिक ३० किलो चामल, तीन किलो दाल, खानेतेल दुई लिटर, एक किलो आयो नुन, २ किलो चिनी, एक किलो चना, तीनप्रति लुगाधुने र ३ प्रति नुहाउने साबुन, दुई केजी लुगा धुने सरफ, १२ प्रतिको एक पोका स्यानेटेरी प्याड, सिटामोल, एक बोतल डिटोल, एक रोल कटन, छ प्याकेट जीवनजल र मोबाइल एक सेट वितरण गरिएको छ । यस पटक भने दुई महिनाको एकै पटक वितरण ागरिएको छ । आगामी वर्ष थप अर्को समुहलाई सोही प्याकेजमा राहत वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्