पुर्वजनप्रतिनिधि महिलालाई पैरवी प्रशिक्षण

CDWN
CDWN १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

झापा । झापाको दुई पालिकाका पुर्वजनप्रतिनिधि महिलाहरुलाई पैरवी प्रशिक्षण गरिएको छ । समुदायस्तरमा उनीहरुलाई निरन्तर क्रियाशील गराउनको लागि पैरवी सम्वन्धी चार दिने प्रशिक्षण गरिएको हो । सी लीड्सको सहयोगमा दलित महिला केन्द्र नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष कार्यकाल सकेका पुर्वजनप्रतिनिधि महिलाहरुलाई समुदायस्तरमा निरन्तर सक्रियता बढाउनको लागि प्रशिक्षण गरेको हो ।
प्रशिक्षणमा दमक नगरपालिका र कमल गाउँपालिकाका १२ जना पुर्वजनप्रतिनिधि महिलाहरुको सहभागिता छ । दलित महिला केन्द्र नेपालको अनुसार २०७९ सालको चुनावमा उम्मेद्धवार भएर पनि पराजित हुनु परेको र चुनावमा उम्मेद्धवार हुनुबाटै बञ्चित भएका पुर्वजनप्रतिनिधि महिलाको आत्मबल बढाएर समुदायस्तरमै क्रियाशील बनाउनको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । प्रशिक्षण पश्चात् ३ वटा पैरवीमा सहभागिहरुले आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनु पर्ने छ ।


त्यस्तै, सुनसरीको दुहवी र रामधुनी नगारपालिकाका १८ जना पूर्वजनप्रतिनिधि महिलालाई पनि प्रशिक्षण दिएको छ । सी लीड्स नेपालका सुनसरी, मोरङ र झापाका अनुगमन संयोजक तेजीलाल लामाका अनुसार कार्यक्रमबाट पुर्वजनप्रतिनिधीको क्षमता विकास अभिवृद्धि भई पद विहीन भएर पनि समाजमा प्रभावकारी भुमिका निर्वाह गर्न सक्ने भएकाले निरन्तर रुपमा संस्थाले कार्यक्रमबाट सहयोग गर्दै आएको छ । दलित महिला केन्द्र नेपालले प्रदेश १ को सुनसरी, मोरङ, झापा, ओखलढ्ङगा र खोटाङका २६ पालिकाका ३६६ जना पूर्वजनप्रतिनिधि महिलालाई प्रशिक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्