सबै विभेदका विरुद्ध एकजुट भएर लागौं ः मन्त्री रेग्मी

CDWN
CDWN २२ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौँ । महिला, बालवालिका र जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले सबै विभेदका विरुद्ध एकजुट भएर लाग्न आह्वान गरेकी छन् । महिला बालवालिकाको सवालहरु सरकारको प्राथमिकतामा नपरेको र आफ्नो मन्त्रालय नै हिंसामा परिरहेकाले कार्यक्रम र बजेटको समेत अभाव भएको उनको भनाई ।


दलित महिला केन्द्र, नेपालद्धारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले भनिन्, “९५ प्रतिशतभन्दा बढी घरहरुमा महिलामाथि हिंसा छ, मन्त्रालय आफै हिंसामा छ संघीयता आएपछि जिल्लाका महिला विकास कार्यालय पनि विघटन भए ।” मन्त्रालय करिब ८० प्रतिशत जनसंख्याको अभिभावक भएको तर बजेट अन्य मन्त्रालयभन्दा कम भएको उनको गुनासो छ ।
कार्यक्रममा सभागी सिराहा गोलबजार नगरपालिका ३ जम्दहकी जानकीदेवी पासवानले छोरा नजन्मिएको भन्दै श्रीमानले कुटपीट तथा शारिरीक यातना दिएको बताइन् । दुई जना छोरी जन्मिएपछि उनका श्रीमान देवनारायण पासवानले चारवटा विवाह गरेका गरे । पासवानले भनिन्, “श्रीमानले सासुले छोरा चाहियो भनेर कुटपीट गथ्र्यो, खान दिदेन्थ्यो, मैले कहि रिर्पोट गरिन, छोरा चाहियो भनेर कुटपीट गथ्र्यो छोरा मैले कहाबाट ल्याउने ?”


जानकीदेवीको विवाह भएको १५ वर्ष भयो । करिब १० बर्ष दैनिक हिंसामा परेको उहाँको भनाई छ । दुई छोरीको पनि विवाह भइसक्यो । जेठी छोरी र ज्यावाईलाई सहाराको लागि घरमै राखेको उनको भनाई छ । श्रीमान देवनारायण कान्छि श्रीमतीसँग बसे पनि कहिलेकाही घरमा आएर गाली गर्ने, घर छोड् भनेर धम्की दिदै आएका छन् ।
कार्यक्रममा सहभागी गोलबजारकी चन्द्रमाया विश्वकर्माले पनि परिवारमाथि भएको जातीय भेदभावको घटनाको स्मरण गर्दै ‘किन दलित भएर जन्मिएको होला’ भनेर प्रश्न गरिन् । घर नजिकैको सार्वजनिक इनार छुदा जेठानी दिदीलाई स्थानीय गैरदलितले कुटपीट गरेर हात भाचिदिएका थिए ।आँठ वर्ष अघिको उक्त घटनाले आप्mनो परिवारनै समाजसँग डराएर बस्नु परेको विश्वकर्माको भनाई छ । उहाँले भन्नुभयो, “हामी सबै परिवार डराएर बाहिर निस्कन सकेनौ, समाजले मिलापत्र गराईदिए अहिले पनि हाम्रो समाजमा हामीमाथि छुवाछूत भइरहेको छ ।”


पासवान र विश्वकर्मामाथिको विभेद र हिंसा प्रतिनिधि मूलक घटनाहरु भएको दलित महिला केन्द्र नेपालका महासचिव गौरा नेपालीले बताइन उनले भनन्, “यी प्रतिनिधिमूलक घटनाहरु हुन जुन समाजमा महिलाहरुले आफूमाथि भएको विभेद र हिंसाका बारेमा न्याय खोज्न सकिरहेका छैनन् । बोल्न सकेका छैनन्, हिंसा र विभेद सहन बाध्य छन् ।” कार्यक्रममा एक्टर्स स्टुडियो नेपालका कलाकारहरुले महिला हिंसा सम्बन्धी दृश्य परिदृश्य शीर्षकमा नाटक र नृत्य प्रदर्शन गरेका थिए । दलित महिला केन्द्रले नेपालले लगिक हिंसा विरुद्ध लड्न प्रतिवद्धता स्वरुप हस्ताक्षर संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्