प्रदेश र प्रतिनिधिसभामा दलित (नामावली)

CDWN
CDWN ५ पुष २०७९, मंगलवार
7 Min Read
Aa

काठमार्डाैँ । मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व निक्कै कम भएको छ । प्रदेशसभामा ५.६३ प्रतिशत । प्रतिनिधिसभामा ५.८१ प्रतिशत दलित प्रतिनिधित्व भएको छ । निर्वाचन परिणाम हेर्दा दलित समुदायको प्रतिनिधित्व विगतको भन्दा घटेको छ । प्रतिनिधिसभाको २७५ सदस्यमा दलित समुदायको प्रतिनिधित्व १६ जनाको छ । जुन ५.८१ प्रतिशत हो । १६ जनामध्ये एकजना नेकपा (एमाले) का छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचत हुनुभयो । यसअघि प्रतिनिधि सभामा १९ जना दलित समुदायको प्रतिनिधित्व थियो ।
प्रतिनिधि सभाको १६ जना दलित प्रतिनिधिमध्ये नेकपा (एमाले) बाट छ (एकजना प्रत्यक्ष) जना, नेपाली कांग्रेसबाट पाँच, नेकपा (माओवादी केन्द्र) बाट दुई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जनाको प्रतिनिधित्व भएको छ । कुल १६ मध्ये आठजना दलित महिला र आठ जना दलित पुरुषको प्रतिनिधित्व भएको छ ।
प्रतिनिधिसभाका दलित सांसदहरू—२०७९
१. छविलाल विश्वकर्मा, नेकपा (एमाले)
२ जीवन परियार, नेपाली कांग्रेस
३. आशा विक, नेपाली कांग्रेस
४. शान्ति विक, नेपाली कांग्रेस
५. रुपा विक, नेपाली कांग्रेस
६. सीता मिजार, नेपाली कांग्रेस
७. इश्वरबहादुर रिजाल, नेकपा (एमाले)
८. प्रभुहजार दुसाध, नेकपा (एमाले)
९. चन्द्रबहादुर विश्वकर्मा, नेकपा (एमाले)
१०. रुक्मनी राना बराइली, नेकपा (एमाले)
११.हर्कमाया विश्वकर्मा, नेकपा (एमाले)
१२. रणेन्द्र बराली, माओवादी केन्द्र
१३. शुसीला श्रीपाइली ठकुरी, माओवादी केन्द्र
१४. सन्तोष परियार, राष्ट्रिय स्वतन्त्र पार्टी
१५. शिव नेपाली, राष्ट्रिय स्वतन्त्र पाटी
१६. अनिशा नेपाली, राप्रपा

प्रदेश सभा
सात प्रदेशको कुल ५५० सदस्यमा दलित समुदायको प्रतिनिधित्व ३१ जनाको छ । जुन ५.६३ प्रतिशत हो । ३१ जनामध्ये दुईजना प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । हुम्ला (क) बाट नेकपा (माओवादी केन्द्र) का रनसिंह परियार र स्याङ्जा क्षेत्र नं. १ (क) बाट नेकपा (एमाले) की सीता सुन्दास प्रत्यक्ष निर्वाचित हुनु भएको हो ।
प्रदेश नं. १ को ५६ सदस्यीय प्रदेशसभामा जम्मा चारजना दलितको प्रतिनिधित्व भएको छ । जुन ७.१४ प्रतिशत हो । जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक एकजना समानुपातिकमा निर्वाचित हुनुभयो ।
मधेश प्रदेशमा दलित समुदायको प्रतिनिधित्व १०.९३ प्रतिशत भएको छ । कुल ६४ सदस्यीय मधेश प्रदेश सभामा सातजना दलित समानुपातिकबाट निर्वाचित हुनुभयो । जसमा नेपाली कांग्रेसबाट दुईजना, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट एक एकजनाको प्रतिनिधित्व भएको छ ।
दलित समुदायका सात प्रदेशसभाका सदस्यहरु २०७९
१. कमला दर्नाल नेकपा (एमाले), प्रदेश १
२. सुनिता कुमारी गुरुङ, नेपाली काँग्रेस प्रदेश १
३.सपना दर्जी, माओवादी केन्द्र्र प्रदेश १
४. गोपालबहादुर विश्वकर्मा, राप्रपा प्रदेश १
५.सकुन्ती देवी, नेपाली कांग्रेस मधेश प्रदेश
६. निलमकुमारी सजक, नेपाली कांग्रेस मधेश प्रदेश
७. पलटीवेदी महरा, नेकपा (एमाले) मधेश प्रदेश
८. रंजुकुमारी मंडल खंग, नेकपा (एमाले) मधेश प्रदेश
९.ललिता दास, जनता समाजवादी पाटी मधेश प्रदेश
१०. सारदादास पहाडी, माओवादी केन्द्र मधेश प्रदेश
११. किशोरी देवी, एकीकृत समाजवादी मधेश प्रदेश
१२. बालकुमारी विश्वकर्मा नेकपा (एमाले) वागमती प्रदेश
१३. सुना परियार, नेपाली कांग्रेस वागमती प्रदेश
१४. सीता सुन्दास, नेकपा (एमाले) गण्डकी प्रदेश
१५. गोविन्दबहादुर नेपाली, नेकपा (एमाले) गण्डकी प्रदेश
१६. नन्दकला दमाई नेपाली, नेकपा (एमाले) बाग्लुङ प्रदेश
१७. दिलमाया पौ.वी. नेपाली कांग्रेस गण्डकी प्रदेश
१८. टिकाकुमारी बस्याल, नेपाली कांग्रेस गण्डकी प्रदेश
१९. दमयन्ती रुचाल, माओवादी केन्द्र गण्डकी प्रदेश
२०. इन्द्रकुमारी गहतराज, नेकपा (एमाले) लम्बिनी प्रदेश
२१. रेखाकुमारी शर्मा, नेकपा (एमाले) लम्बिनी प्रदेश
२२. लोकीकुमारी विक, नेपाली कांग्रेस लम्बिनी प्रदेश
२३. सुशिला बादी नेपाली, कांग्रेस लम्बिनी प्रदेश
२४. यमबहादुर नेपाली सार्की, माओवादी केन्द्र लम्बिनी प्रदेश
२५. रणसिंह परियार, माओवादी केन्द्र कर्णाली प्रदेश
२६. गमता वि.क, नेकपा (एमाले) कर्णाली प्रदेश
२७. लक्ष्मी सुनार, नेपाली कांग्रेस कर्णाली प्रदेश
२८. उर्मिला विश्वकर्मा, माओवादी केन्द कर्णाली प्रदेश
२९. हिरा सार्की, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश
३०. ललिता सुनार , नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश
३१. लक्ष्मी वि.क, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश
बागमती प्रदेशमा दलित समुदायको सबैभन्दा कम प्रतिनिधित्व भएको छ । कुल ६६ सदस्यीय बागमती प्रदेश सभामा जम्मा दुई जना (३.०३ प्रतिशत) प्रतिनिधित्व भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसबाट एक एकजना समानुपातिकबाट निर्वाचित हुनुभयो । गण्डकी प्रदेशमा सबैभन्दा बढी १६.६६ प्रतिशत दलितको प्रतिनिधित्व भएको छ । कुल ३६ सदस्यीय गण्डकी प्रदेश सभामा छ जना दलितको प्रतिनिधित्व भएको छ । जसमा नेकपा (एमाले) बाट तीनजना, नेपाली कांग्रेसबाट दुईजना र नेकपा (माओवादी केन्द्र) बाट एक जना निर्वाचित हुनुभयो । एकजना प्रत्यक्ष निर्वाचित हुनुहुन्छ ।
लुम्बिनी प्रदेश सभामा ९.६१ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको छ । कुल ५२ सदस्यीय लुम्बिनी प्रदेश सभामा पाँच जना दलितको प्रतिनिधित्व भएको छ । नेकपा (एमाले) बाट दुईजना, नेपाली कांग्रेसबाट दुईजना र नेकपा (माओवादी केन्द्र) बाट एकजना दलित समानुपातिकबाट निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेश सभामा पनि गण्डकीमा जस्तै १६.६६ प्रतिशत दलितको प्रतिनिधित्व भएको छ । कुल २४ सदस्यीय कर्णाली प्रदेश सभामा चारजना दलितको प्रतिनिधित्व भएको छ । जसमा एकजना प्रत्यक्ष निर्वाचित भएका हुन । नेकपा (माओवादी केन्द्र) बाट दुईजना, नेकपा (एमाले) र नेपाली कांग्रेसबाट एक एकजना निर्वाचित हुनुभयो ।
सुदूरपश्चिम प्रदेशमा ९.३७ प्रतिशत दलितको प्रतिनिधित्व भएको छ । कुल ३२ सदस्यीय प्रदेश सभामा तीनजना दलितको प्रतिनिधित्व भएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट एक एकजना निर्वाचित हुनु भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दलितको प्रतिनिधित्व ०.६० प्रतिशत भएको छ । १६५ सीटमा जम्मा एकजनाको प्रतिनिधित्व भएको छ । प्रदेश सभाको प्रत्यक्षतफ पनि दलितको ०.६० प्रतिशत प्रतिनिधित्व भएको छ । ३३० सीटमा जम्मा दुई जनाको प्रतिनिधित्व भएको छ । प्रदेश सभा र प्रतिनिधिसभामा अवलम्वन गरिएको मिश्रित निर्वाचन प्रणाली अनुसार ६० प्रतिशत प्रत्यक्ष (पहिलो हुनेले जित्ने) र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था छ । समानुपातिकको ४० प्रतिशतलाई १०० मानेर दलित, महिला, आदिवासी जनाजाति, खसआर्य, मधेशी, मुस्लिम, अल्पसंख्यक सीमान्तकृतलगायतको जनसंख्याको आधारमा प्रतिनिधित्व गराइएको छ । जसअनुसार समानुपातिकतर्फको ११० सीटमा दलितको १३ प्रतिशत प्रतिनिधित्व भएको छ । प्रदेश सभाको समानुपातिकतर्फको २२० सीटमा पनि सोही अनुसार १३ प्रतिशत दलितको प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस्