लैंगिक समानता र राजनीतिक सहभागीता सम्वन्धी अन्तरक्रिया

CDWN
CDWN २८ पुष २०७९, बिहीबार
2 Min Read
Aa

खोटाङ । खोटाङको दिक्तेलमा लैंगिक समानता र निर्वाचित महिला जनप्रतिनिधिको राजनीतिक सहभागीता अभिबृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ । विशेषगरी स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धिका लागि दलित महिला केन्द्र नेपालले शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत एक दिने अन्तरक्रिया गरेको हो ।

परियोजनाले होटल थ्री–ब्रदर्शमा मंगलबार स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, महिला जनप्रतिनिधि, दलित महिला जनप्रतिनिधि, दलका नेता, कर्मचारी, पत्रकार लगायतलाई सहभागी गराएर राजनीतिक सहभागीता अभिबृद्धि सम्वन्धी अन्तरक्रिया गरेको हो ।

सहभागीलाई लैंगिक समानता तथा लैंगिक समानताको कार्यान्वयनको अवस्था, त्यसका चुनौती र भावी योजना लगायतका बारेमा जानकारी गराइएको छ । दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजन, परियोजनाका दिल विश्वकर्मा लगायतको उपस्थिति रहेको कार्यक्रममा ‘शी लिड्स’ परियोजनाका प्रशिक्षक दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए ।

निर्वाचित महिलका वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धि गर्दै प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न÷गराउन सक्षम बनाउने लक्ष्यका परियोजनाले नेतृत्व विकाससँग सम्वन्धित आठ वटा विषयवस्तुमा सहजीकरण गर्दै आएको छ । स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा जिल्लाका आठ स्थानीय तहमा शी लिड्स महिला नेतृत्व कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा शी लिड्स महिला नेतृत्व कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्