स्याङ्जामा अभिमुखिकरण कार्यक्रम

CDWN
CDWN २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

स्याङ्जा । लैंङिगक उत्तरदायी बजेट सम्बन्धमा दलित महिला केन्द्र नेपालद्वारा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जास्को वालिङ नागरपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला शाखाका प्रमुखहरुबीच लैंगिक समानता, अपांगता तथा सामाजिक समाबेशीकरण र लैंगिक उत्तरदायी बजेट सम्बन्धमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
वालिङ नगरपालिकामा दलित महिला केन्द्र नेपालले सञ्चालन गर्दै आएको स्थानिय सरकार सञ्चालन सबलिकरण परियोजना अन्तर्गत नगरपालिकाको अभ्यास र आगामी दिनमा जोड दिनु पर्ने लैंगिक समानता, अपांगता तथा सामाजिक समाबेशीकरण र लैंगिक उत्तरदायी बजेट बिषयक अभिमुखिकरण गरिएको थियो ।
संघिय मामिला मन्त्रालयका सहसचिव स्किम श्रेष्ठ र उप सचिव दशरथराम वडको सहजिकरणमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वालिङ नगरपालिकाका नि.बर्तमान नगरप्रमुख दिलिप प्रताप खाण, वालिङ नगरपालिकाका उपप्रमुख कबिता गैह्रे तिवारी, प्रमुख प्रसासकीय अधिकृत राजन भट्टराई, दलित महिला केन्द्रका महासचिव गौरा नेपाली, साझेदार संस्था द एसिया फाउन्डेसनका पुर्ण परियार लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्