काठमाडौँ । दलित महिला केaन्द्र नेपालले लैङ्गिक समानता, अपाङ्गता तथा समाजिक समावेशीकरण र महिला नेतृत्व अभिवृद्धि सम्बन्धमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । स्थानीय सरकार सबलीकरण परियोजना अन्तर्गत लैङ्गिक समानता अपाङ्गता तथा सामाजिक समावेशीकरण र महिला नेतृत्व प्रवर्दनका बारेमा तालिम प्रदान गरिएको थियो । स्थानीय तहका महिला जनप्रतिनिधिको नेतृत्व विकास र समावेशीकरणमा अभिवृद्धि गर्न प्रशिक्षक प्रशिक्षण तालिम गरिएको हो ।
सात प्रदेशका सातवटा स्थानीय तहका मेन्टर तथा जिल्ला कोर्डिनेटरहरुलाई तालिम प्रदान गरिएको हो । साथै, महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि मेन्टरिङ, नेतृत्व विकास तथा परियोजनाका बारेमा पनि प्रशिक्षण सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले झापाको दमक नगरपालिका, धनुषाको मिथिला नगरपालिका, दोलखाको भिमेश्वर नगरपालिका, स्याङ्जाको वालिङ, पाल्पाको तानसेन नगरपालिका, सुर्खेतको विरेन्द्रनगर र कैलालीको टिकापुर नगरपालिकामा स्थानीय सरकार सञ्चालन सबलीकरण परियोजना सञ्चालन गर्दै आएको छ ।
पाँच दिनसम्म सञ्चालित् तालिमा समीर घिमिरे, अञ्जना विशंखे, विन्दा पाण्डे र मोहन मिमिल्सिनालगायते प्रशिक्षण गर्नु भएको थियो । दलित महिला केन्द्र नेपालले अस्ट्रेलियन ऐनको आर्थिक सहयोग र द एसिया फाउण्डेसनको प्राविधिक सहयोगमा उक्त परियोजना सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्