काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय भेदभाव तथा छुवाछूत विरुद्धको संघर्षका बारेमा निर्माण हुन लागेको चलचित्रमा सरकारले सहयोग गर्ने बताउनु भएको छ । दलित महिला केन्द्र नेपालले निर्माण गर्न लागेको उक्त चलचित्रको निर्माण समुहसँग बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले सरकारले सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको हो । उहाँले सहयोगको लागि प्रक्रियासमेत् अघि बढाउनु भएको छ ।
दलित महिला केन्द्र नेपालले भगत सर्वजीत विश्वकर्माले सुरु गरेको संघर्षदेखि नेपाली दलित आन्दोलनको संघर्षलाई चलचित्रमा उतार्ने भएको छ । माओवादी केन्द्रका नेता एवं साहित्यकार रणेन्द्र बरालीको कथा र दिनेश डिसीको निर्देशनका सो चलचित्र निर्माण हुन लागेको छ । चलचित्रको सुटिङको तयारी भइरहेको दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्रकुमार लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्